पोखरामा मृत चितुवा फेला चितुवाको आक्रमणबाट २ घाइते

सहयात्रा टिभी

काठमाडौं । चैत १ , पोखरामा  मृतावस्थामा चितुवा फेला परेको जानकारी प्राप्त भएसंगै चितुवाको आक्रमणबाट २ जना घाइते भएको स्रोतले जनाएको छ ।

घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।

पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्