राष्ट्रपति पौडेल हेलिकप्टर मार्फत गोरखा दरवार पुगे

काठमाडौँ । चैत १२, राष्ट्रपति रामचन्द्र पौडेल हेलिकप्टर मार्फत गोरखा दरवारमा पुगी करिव आधा घण्टा गोरखनाथको पुजापाठ गरी कालिका दर्शन गरेको जानकारी प्राप्त भएको छ ।
आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरबार पुगेको जनाएको छ । गोरखनाथको पुजापाठ सकेर हेलिकप्टरमार्फत उनी गोरखा संग्रहालय परिसरमा झरेका थिए ।
संग्रहालय मूल गेट अगाडि ठूलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण पनि गरेको जानकारी प्राप्त भएको छ ।
लगत्तै उनले गोरखा संग्रहालयको निरीक्षण गरे । राष्ट्रपति पौडेलले जिल्लाका सरोकारवालासँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले जनाएको छ ।