चार ठूला दलले कोशी नामकरणलाई स्वीकार्न आग्रह

सहयात्रा टिभी

काठमाडौँ । चैत १२, कोशी प्रदेश नामकरणको निर्णयलाई ठूला चार दलले स्वीकार्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई स्वीकार गर्न अपिल गरेका हुन् ।

पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।

‘बृहत सहमतिका साथ प्रदेशको नामाकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

पहिचान पक्षधर दल र संस्थाले गठन गरेको आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु समेत भईसकेको छ । सोहि कारण सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

प्रकाशित : 26 March, 2023

प्रतिक्रिया दिनुहोस्