घोराही उपमहानगरले सडकको कालोपत्रे गर्न रोक लगायो

सहयात्रा टिभी

काठमाडौं । चैत १४, दाङमा ठेकेदारले गुणस्तरीय सडक नबनाएको आशंकामा घोराही उपमहानगरपालिकाले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको कालोपत्रे गर्ने काममा रोक लगाएको छ ।

सडकको लेबल र गिट्टीहरूको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले सडकको कालोपत्रे गर्न रोक लगाएको हो ।

१८ सय मिटर लामो सडकमा गर्न लागिएको कालोपत्रे अस्फाल प्रविधिको हो । सोही प्रविधिमा कालोपत्रे गरिएको घोराहीकै दामोदरचोकदेखि नयाँ बजार-आर्मी व्यारेकसम्मको सडक राम्र्रो देखिन्छ ।

एउटै प्रविधिमा बनाइएका सडक कुनै राम्रो र कुनै नराम्रो देखिएपछि स्थानीयले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको गुणस्तरमा प्रश्न उठाएका थिए ।

अहिले उपमहानगरले पनि शंका गरेर तीन हप्तादेखि सडक कालोपत्रेको काम रोकेको छ ।

 

 

प्रकाशित : 28 March, 2023

प्रतिक्रिया दिनुहोस्