रविका चालक छतबाट खसेको घटनामा प्रहरीद्धारा अनुसन्धान सुरु

सहयात्रा टिभी

कठमाडौं । बैशाख ४, रवि लामिछानेका सवारी चालक छतबाट खसेको घटनामा प्रहरीद्धारा अनुसन्धान सुरु भएको जनाएको छ ।

रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् । लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए ।

सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।

 

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्