नेपालगञ्जबाट करीब पाच किलो सुन सहित दुई जना प्रकाउ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, नेपालगञ्जबाट करीब पाच किलो सुन सहित दुई जना प्रकाउ परेको जानकारी प्राप्त भएको छ ।

प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई ४ किलो ९२९ ग्राम सुन सहित पक्राउ गरिएको जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्