अदालतको आदेश पछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम स्थगन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, तानसेन नगरपालिकाले हिजो बुधवारदेखि सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।

पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने काम रोकेको हो ।

दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने काम सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।

उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने काम तत्कालका लागि स्थगित गरिएको छ ।

 

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्