तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सहयात्रा टिभी

काठमाडौं । १० वैशाख , कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार प्रदेश सभामा विश्वासको मत लिने जानकारी प्राप्त भएको छ ।

शर्माले प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने पत्र दर्ता गराउनुभएको हो ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसक्नुभएको छ । पहिलो पटक माघ ६ गते विश्वासको मत लिनुभएका शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्