=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


जाँचबुझ आयोगले निवेदन दिन मिटरब्याज पीडितलाई आह्वान

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले निवेदन दिन पीडितहरुलाई आह्वान गरेको जनाएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबार सूचना निकाल्दै अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निवेदन आह्वान गरेको हो ।

वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिनुपर्ने आयोगले बताएको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना गरिएको भन्दै आयोगले भनेको छ, ‘पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाई अनलाइनबाट सिधा यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ ।’

 

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्