धरानबाट २२७ किलो गाँजासहित २ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, सशस्त्र प्रहरीले सुनसरीको धरानबाट २२७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

बिहीबार बिहानका राति ८ ओटा बोरा मा बाधिएको अबस्थामा २२७ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका-१३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा २२७ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए ।

पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल सुनसरीका प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए ।

धनकुटा क्षेत्रमा उत्पादित गाँजा चोरबाटो हुँदै भारत तस्करी हुँदै आएको छ । सशस्त्र प्रहरीले सुनसरीबाट गत फागुन १५ गते २५८ र फागुन ४ गते २८ किलो गाँजा बरामद गरेको थियो ।

प्रकाशित : 4 May, 2023

प्रतिक्रिया दिनुहोस्