कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद मिल्यो

काठमाडौँ । जेठ ५, प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरिएसँगै कीर्तिपुर र ललितपुरबीचको मूर्ति विवाद मिलेको छ ।
मूर्ति विवाद मिलेसँगै पानेजु संघले शुक्रबार बिहान ८ बजे नै कीर्तिपुरको प्यंगःथामा याकःमिसालाई प्रसाद ग्रहणका लागि प्रसाद लैजाने काम भएको छ ।
गत १५ मंसिरमा सुखी गँछेः समाजले कीर्तिपुरको प्यंगःथामा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि दुई शहरबीच विवाद हुँदै आएको थियो ।
कीर्तिपुरले बिहीबार रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति ह्यागृव भैरवनाथ तथा ३२ पानेजु संघलाई हस्तान्तरण गरेपछि विवाद मिलेको हो । याकःमिसाको मूर्ति भने निकट भविष्यमा कीर्तिपुरमा स्थापना हुने संग्रहालयमा राखिने गरी व्यवस्थापन गरिएको कीर्तिपुरका मेयर राजकुमार नकर्मीले जानकारी दिए ।