सहकारीका अध्यक्ष समेत रहेका ढोरपाटनका मेयर सम्पर्कविहीन

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, सहकारीका अध्यक्ष समेत रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष  हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ ।

४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका  प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भनिन् ।

पत्रमा मानसिक तनावका कारण केही समय स्वास्थ्य उपचार गर्न बाहिर जानुपर्ने भन्दै उनले आफ्नो सम्पत्तिको रक्षा गर्न अनुरोध गरेको श्रेष्ठले बताइन् ।

नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर उनी अहिले सम्पर्कविहीन भएको बताए ।

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्