बझाङ धानशेरामा हिमपहिरो जाँदा तीन जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, बझाङ धानशेरामा हिमपहिरो जाँदा तीन जना बेपत्ता, दुई जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० जागेश्वर भण्डारीले बताए ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

डीएसपी भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्