केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चन्दा प्रोडक्सनको ११ औँ वार्षिकोत्सव आज, १२ औँ वर्षमा प्रवेश

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, नेपाली सञ्चार क्षेत्रमा अलग पहिचान स्थापित गर्दै अगाडि बढिरहेको चन्दा प्रोडक्सनको आज ११ औँ वार्षिकोत्सव । एक दशक लामो यात्रा पूरा गरेको यस कम्पनी आजदेखि १२ औँ वर्षमा प्रवेश गरेको छ ।

योसँगै चन्दा प्रोडक्सनको पहिलो उत्पादन टेलिभिजन कार्यक्रम ‘सहयात्रा’ ले पनि ११ वर्ष पूरा गरेको छ । चन्दा प्रोडक्सनको विकास केन्द्रित, मौलिक र भिन्न प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सहयात्रा’ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ५ : ३० बजे र पुनः प्रसारण मंगलबार बिहान १० : ३० बजे प्रसारण हुँदै आएको छ ।

टेलिभिजन कार्यक्रम सहयात्राले सामाजिक विकास, आर्थिक विकास, नीतिको विश्लेषण, सरकारी तथा गैरसरकारी निकायका सकारात्मक क्रियाकलापहरुलाई हातेमालो गर्दै विकासको पैरवी र बहस चलाउँदै आएको छ । यसका साथै यस संस्थाले समाजका धेरै क्षेत्रहरुमा सञ्चारमाध्यममार्फत सूचनामूलक कार्यक्रम निर्माण गरी विद्युतीय र छापा माध्यममार्फत प्रकाशन तथा प्रसारण गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

रेडियो सम्वाद कार्यक्रमहरु, सामाजिक सन्देश मूलक सूचना र जिंगलहरु, वृत्तचित्र जस्ता श्रव्य र दृश्य कार्यक्रम र छापा माध्यमका प्रभावकारी विज्ञापन निर्माण र प्रचारप्रसार पनि यस संस्थाको व्यवसायिक कार्य भित्र पर्दछन् । टेलिभिजन कार्यक्रमको साथै डिजिटल प्लेटफर्मका रुपमा ‘सहयात्रा टिभी डटकम’ पनि चन्दा प्रोडक्सनले सञ्चालन गर्दै आइरहेको छ ।

पौरखी र प्रतिभाशाली नेपाली युवा महिला उद्यमी चन्दा घिमिरेले नेपाली मिडियाको माध्यमबाट देश विकास र निर्माणको महान यात्रामा योगदान पुर्‍याउने उद्देश्यका साथ यो संस्थाको स्थापना गरेकी हुन् ।

यस अवधिमा टेलिभिजन कार्यक्रम सहयात्राले पाँच सय ५० भागको यात्रा सफलतापूर्व तय गरिसकेको छ । ‘तपाईं दर्शकसामू यो कुरा अवगत गराउन पाउँदा हामी अत्यन्तै हर्षित अनि उत्साहित भएका छौँ, ’ ११ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक घिमिरेले भनिन्, ‘चन्दा पोडक्सनले सुनौँला ११ वर्ष पूरा गरेको यस सुखद घडीमा हामी हाम्रा दर्शक, शुभचिन्तक, विज्ञापनदाता, देश विदेशमा रहेका सबै नेपाली प्रति कृतज्ञता व्यक्त गर्दछौँ ।’ आगामी दिन अझ परिष्कृत रुपमा अगाडि बढ्ने संस्थाको योजना रहेको उनले बताइन् ।

संस्थाले यहाँसम्म तय गरेको गन्तव्यले थप उचाईमा पुर्‍याउने काम गरेको र आगामी दिनहरुमा सहयात्रा निरन्तर जारी रहने चन्दा प्रोडक्सनले प्रतिबद्धता जनाएको छ । साथै यसअवसरमा सल्लाहकार, विज्ञापन दाता, दातृ निकाय, सरकारी निकायहरु, दर्शक, शुभचिन्तक तथा प्रसंशकहरुमा हार्दिक कृतज्ञाता प्रकट गरेको छ ।

 

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्