विवाहेत्तर सम्बन्धको कथा समेटिएको ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

काठमाडौं । जेठ २६, चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज हलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । ‘इरोटिक थ्रिलर’ जनरामा राखिएको फिल्मको ट्रेलरले विवाहेत्तर सम्बन्धले ल्याउने दुष्परिणामको झल्को दिन्छ ।
दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरले कथानक घुम्तीलाई दर्शाएको छ । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
मुम्बईको स्टुडियोमा गरिएको पोस्ट–प्रोडक्सनका कारण यसको ध्वनि र दृश्य बलियो लाग्छ ।