प्रतिष्ठान  नाम दिए पनि गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो : अर्थमन्त्री

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

नाम जे दिए पनि यो विश्वविद्यालय नै भएको भन्दै उनले आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले पूर्ण क्षमतामा विश्वविद्यालय चलोस् भन्ने सरकारको मनसय रहेको बताए । चालु आर्थिक वर्षमा गेटामा शिक्षा र स्वास्थ्य मन्त्रालय दुवैबाट बजेट छुट्याइएको पनि उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्नुका साथै सरकारको नीति तथा कार्यक्रममा पनि परेको थियो । तर आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर आएपछि सुदूरपश्चिममा विरोध भइरहेको छ ।

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्