सुन र चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल एक लाख १२ हजार ८००, तेजावी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

प्रकाशित : 23 July, 2023

प्रतिक्रिया दिनुहोस्