भारतले भियतनामलाई हतियारले भरिपूर्ण युद्धपोत दियो

सहयात्रा टिभी

काठमाडौँ । साउन ९, भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको जानकारी प्राप्त भएको छ ।

भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ ।

गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।

भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका नेभी प्रमुख एडमिरल आर हरि कुमारले भारतको इतिहासमै पहिलोपटक लडाकु जहाज कुनै मित्र देशलाई दिइएको यो क्षण ऐतिहासिक भएको बताए ।

 

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्