पाइलट समर्पण कार्कीले प्राप्त गरे ‘मिस्टर नेपाल’को उपाधि

सहयात्रा टिभी

काठमाडौँ । साउन ११,  पाइलट समर्पण कार्कीले  ‘मिस्टर नेपाल’को उपाधि प्राप्त गरेका छन् ।

पाइलटको काम हो प्लेन उडाउने । तर, हवाई उडानमा रहेका पाइलटहरू ‘मिस नेपाल’देखि ‘मिस्टर नेपाल’सम्म पनि एकदेखि अर्को उडान भर्दैछन् ।

केही अगाडि सम्पन्न ‘मिस नेपाल २०२३’ मा पाइलट रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधिमा बाजी मारेकी थिइन् भने अहिले पाइलट समर्पण कार्कीले ‘मिस्टर नेपाल’को शीर्ष उपाधि जित्दै हवाई उडानमा मात्र होइन, अन्यमा पनि आफूहरू अब्बल रहेको प्रमाणित गरेका छन् ।

समर्पणले गत शनिवार राजधानीको होटेल याक एन्ड यतिमा आयोजित ‘मिस्टर नेपाल २०२३’ प्रतियोगितामा शीर्ष उपाधि चुमेका हुन् । विराटनगरका ३२ वर्षीय कार्की १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल रहे ।

युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा होमिएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधिसमेत जित्दै नगद ५ लाख बराबरको उपहारको अलावा ‘मिस्टर वर्ल्ड २०२३’ नेपालको प्रतिनिधित्व गर्ने अवसर हात परेका छन् । मिस्टर नेपाल उपाधिले कामको जिम्मेवारी बढेको महसुस गरेको उनले बताए ।

 

प्रकाशित : 27 July, 2023

प्रतिक्रिया दिनुहोस्