एनएसएलमा आज वीरगंज र पोखरा तथा चितवन र इलाम भिड्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३०, नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज डबल हेडर हुँदैछ । सुपर स्याटर्डेमा आज दुई खेल हुनेछ । पहिलो खेल वीरगंज युनाटेड र पोखरा थण्डर्सबीच हुनेछ । यो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे हुनेछ ।

अब लिग चरणको अन्त्यतिर आइपुगेकोले आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ ।

पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

उता अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगंका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

चितवन ६ खेलबाट पाँच अंकसहित सातौँ स्थानमा छ भने इलाम उति नै खेलबाट ४ अंकसहित पुछारमा छ ।

प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न चितवनलाई जितको विकल्प छैन । चितवनले प्लेअफ पुग्न अब बाँकी दुई खेल जितेर मात्र पनि पुग्न अन्य टोलीको नतिजामा पनि भर परर्नुपर्छ ।

उता चार खेल हारिसकेको इलामको भने प्लेअफ पुग्ने सम्भावना लगभग सक्किसकेको छ । प्रशिक्षक मेघराज केसीले अघिल्लो खेलमा वीरगंजसँग हारपछि आफ्नो सम्भावना सकिएको बताएका थिए ।

आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ ।

प्रकाशित : 16 December, 2023

प्रतिक्रिया दिनुहोस्