राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको लिङ्देनको निष्कर्ष

काठमाडौँ । पुस १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।
राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताएका छन् ।
लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताए । समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् ।
बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको छ ।