चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको संकल्प यात्रा सकियो

सहयात्रा टिभी

काठमाडौँ । पुस १, पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।

भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

 

 

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्