भारतमा कांग्रेस आईका नेता चौधरी समेत ३० सांसद निलम्बित

सहयात्रा टिभी

काठमाडौँ । पुस २, भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेको जानकारी प्राप्त भएको छ ।

हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए । डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।

दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

 

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्