महिला राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात
काठमाडौं । पुस ५, प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनायो ।
बागमतीका पूजा महतोले ३५ तथा अनुराधा चौधरीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । काठमाडौंकी अस्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट लिइन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । बागमतीका लागि नट आउट रहेका यशोदा विष्टले ४७ र कप्तान अस्मिनाले ३० रन बनाए ।
४५ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा परेको बागमतीलाई ११७ रनको योगफलसम्म पुर्याउन यशोदा र अस्मिनाले पाँचौ विकेटका लागि नट आउट ७२ रनको साझेदारी गरेका थिए ।