राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकियो

सहयात्रा टिभी

काठमाडौं । पुस ५, निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक/एक वटा मतदानस्थल र सोही स्थानमा दुई/दुई वटा मतदान केन्द्र रहने गरी जम्‍मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकिएको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक , प्राविधिक भवन, हेटौडा, मकवानपुरमा मतदानस्थल तोकिएको छ ।

यस्तै गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

तोकिएका उक्त मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्।

 

 

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्