सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले लिए शपथ

सहयात्रा टिभी

काठमाडौं । पुस ५, सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पद तथा गोपनीयताको शपथ लिनुहुने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुछन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।

 

 

 

प्रकाशित : 21 December, 2023

प्रतिक्रिया दिनुहोस्