प्रधानमन्त्रीलाई मिक्लाजुङ आउँदा सांसद र मन्त्री नल्याउन आग्रह

सहयात्रा टिभी

काठमाडौं । पुस ६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नो यात्रामा कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ ।

मिक्लाजुङ जाँदा कोशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले आग्रह गरेका हुन् । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ ।

बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो ।

बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेको छ । प्रदेशका सांसद र मन्त्री पुगे प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ ।

 

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्