गंगालालको केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त

काठमाडौँ । पुस ११, गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा। मल्ललाई निमित निर्देशकमा नियुक्त गरेका हुन् ।
मल्ल गंगालालका चिकित्सकमध्ये वरिष्ठ भएकाले निमित्तको रुपमा जिम्मेवारी दिइएको ती अधिकारीले जानकारी दिए ।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा. अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयमा गंगालालमा कसलाई निर्देशक बनाउने भन्ने विषयमा छलफल चलेको थियो ।
तर नाम टुंग्याउन नसकेपछि हाल डा. मल्ललाई निर्देशकको जिम्मेवारी दिइएको ती अधिकारीले जानकारी दिए ।
मन्त्रालयको स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले डा. मल्ललाई कार्यकारीको जिम्मेवारी दिन चाहेका छन् ।