क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौँ । पुस १७, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

 

७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए ।

 

 

 

प्रकाशित : 2 January, 2024

प्रतिक्रिया दिनुहोस्