नेप्सेमा २६.३६ को गिरावट
सहयात्रा टिभी
काठमाडौं । पुस २२, आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा २६.३६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०२२.९ अंकमा कायम भएको छ ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ५८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब २४ करोडमा खुम्चिएको छ । कुल ८१ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन सबै समूह घट्दा हाइड्रोपावर समूह बढेको छ । खासगरी मुलुकको विद्युत् निर्यातका लागि भारतसँग भएको सहमतिले हाइड्रोपावर समूहमा सकारात्मक माहोल सृजना भएको छ ।