आज पनि देशका केही ठाउँमा हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । माघ ७, आज पनि देशको पहाडी भू-भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको बुलेटिन अनुसार सोमबार र मंगलबार पनि पहाडी क्षेत्रमा मौसम बदली भई थोरै स्थानमा हल्का हिमपातको हुनेछ । मौसम बदली भएसँग तराईका प्राय: सबै जिल्लाहरूमा कुहिरो र हुस्सु पनि लागेको छ । जसले गर्दा त्यहाँको बिहानको जीवन प्रभावित भएको छ ।

प्रकाशित : 21 January, 2024

प्रतिक्रिया दिनुहोस्