नामिबियाविरुद्ध खेलमा नेपालको बलियो पकड

सहयात्रा टिभी

काठमाडौं । फागुन १८, तेस्रो टी–२० आईमा नामिबियाविरुद्ध खेलमा नेपालले बलियो पकड जमाएको छ ।

 

दीपेन्द्रसिंह ऐरीले १५ औं ओभरको पहिलो बलमा नामिबियाका जेजे स्मिथ र लगत्तै अर्को बलमा जान निकोल लोफ्टीलाई आउट गरेपछि खेलमा नेपालले अग्रता हाशिल गर्दै छ ।
१७ औं ओभरको पहिलो बलमा अभिनाश बोहराले जान फ्रेलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा हाबी बनेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नामिबियाले १७ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १४० रन बनाएको छ ।

 

 

प्रकाशित : 1 March, 2024

प्रतिक्रिया दिनुहोस्