नेप्से भारी अंकले गिरावट
सहयात्रा टिभी
काठमाडौं । फागुन २२, मंगलबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।
कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो ।
म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् । तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे ।
गुराँस लघुवित्तको मूल्य ८.७, महिला लघुवित्तको ४.१, मोलुङ हाइड्रोपावरको ३.४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।