अन्ततः अघिल्लो दिनको तुलनामा नेप्से बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन २३, अन्ततः अघिल्लो दिनको तुलनामा  सेयर बजार नेप्से बढेको छ ।

सोमबार ११७ अंक बढेको बजार मंगलबार ७० अंक घटेको थियो । बुधबार ९.३३ अंक नेप्से बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २०१७ अंकमा कायम भएको छ । १७५ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ११ को स्थिर रह्यो । दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

 

 

प्रकाशित : 6 March, 2024

प्रतिक्रिया दिनुहोस्