सात महिनामै विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बृद्धि

सहयात्रा टिभी

काठमाडा‌ै । फागुन २७, चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामै विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत असारमा अमेरिकी डलरमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ ।

 

प्रकाशित : 10 March, 2024

प्रतिक्रिया दिनुहोस्