नेप्से १.०८ प्रतिशत वृद्धि
सहयात्रा टिभी
काठमाडाै । फागुन २७, साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १.०८ प्रतिशत बढेको छ ।
२२.१० अंकले नेप्से बढेपछि २०५२ अंकमा पुगेको छ । कुल २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । हाइड्रोपावरबाहेकका सबै समूह बढेका छन् ।
धेरै मूल्य बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरु अगाडि रहे । विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, जोशी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।