त्रिदेशीय टी–२०खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायो
सहयात्रा टिभी
काठमाडौं । फागुन ३०, नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज भएको खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायो ।
पीएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।
यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।