नेप्से आज सामान्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन ३०, हिजो उच्च अङ्कले बढेको नेप्से आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, जलविद्युत्, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ, अरू समूहको शेयर सामान्य बढेको छ ।आज एक करोड आठ लाख ८९ हजार कित्ता शेयर चार अर्ब २४ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित : 13 March, 2024

प्रतिक्रिया दिनुहोस्