वसन्तपुरमा चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत ४, यस वर्षको फागु (होली) पर्व सुरु भएको छ । आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा काठमाडौँको बसन्तपुरमा ध्वजापताकाले सजाइएको चिर ठड्याएसँगै फागु पर्व विधिवत रुपमा सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चिर ठड्याउने गरिन्छ ।

चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका थिए । यस वर्ष यही चैत ११ गते फागु पर्व परेको छ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा सोही दिन यो पर्व मनाइन्छ भने तराई क्षेत्रमा भोलिपल्ट होली मनाइन्छ ।

प्रकाशित : 17 March, 2024

प्रतिक्रिया दिनुहोस्