केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने

सहयात्रा टिभी

बारा । चैत १०, जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेपछि पर्सासँगको भिडन्त पक्का भएको हो ।

पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको थियो। पर्साले आयोजक जितपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो । यता, समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जित निकालेको मकवानपुरले दोस्रो जित दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको थियो। अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : 23 March, 2024

प्रतिक्रिया दिनुहोस्