केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिलो अभ्यास खेलमा नेपालले पायो १२२ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । चैत १२, आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

 

 

 

प्रकाशित : 25 March, 2024

प्रतिक्रिया दिनुहोस्