केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले दोस्रो टी–२० अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने

सहयात्रा टिभी

काठमाडौं। चैत १३, नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टज जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

दोस्रो टी–२० अभ्यास खेलमा आज नेपालले दुई परिवर्तन गरेको छ । आयरल्यान्ड ए विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्