केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पुनः पराजित

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान सकिएको खेलमा नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध ४–० गोलको हार बेहोरेको थियो भने यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । ९ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्