नेप्सेमा एकल अंकको सुधार
सहयात्रा टिभी
काठमाडौं । चैत १५, बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार देखिएको छ । बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको हो ।
बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट हुँदा त्यसबाहेकका सबै उपसूचक बढेका छन् ।
निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भएको हो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले वृद्धि भएको छ ।
आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।