रुख भाँचिदा डोल्पामा एकजनाको मृत्यु

सहयात्रा टिभी

सुर्खेत । चैत १८, डोल्पामा शनिवार अत्याधिक हावाहुरीका मुड्केचुला गाउँपालिका ९ होर्तगाउका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको छ।

आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। उनका अनुसार मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढल्दा बुढासँगै दुई वटा घोडा च्यापिएका थिए। रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिरेका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लैजाँदै गर्दा बाटोमा अत्याधिक रक्तश्राबका कारण शनिवार साँझ लामाचौरमा ज्यान गएको अध्यक्ष शाहीको भनाइ छ।

 

प्रकाशित : 31 March, 2024

प्रतिक्रिया दिनुहोस्