रानाथारुले आज खखडेहरा मनाउँदै, सुदूरपश्चिममा सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली पर्व)को अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन्। आफ्नो समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर यस पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने प्रचलन समेत रहेको छ । यसै पर्वको अवसरमा सुदूरपश्चिम सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्