ललितपुरको मेटल उद्योगमा आगलागी, एक पुरुषको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत २४, ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

fire isolated over black background

आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी नरेशराज सुवेदीले बताए ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।

प्रकाशित : 6 April, 2024

प्रतिक्रिया दिनुहोस्