सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । चैत २६, सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेको छ ।

बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।

गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसद्‌मा प्रश्न उठाउँदै आएको छ । लामिछाने सहकारीको रकम हिनामिनाको आरोपी रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।

प्रतिनिधि सभाको बैठक चैत २७ गते बस्दैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्