नेप्से दाहोरो अंकमा आएर रोकीयो

सहयात्रा टिभी

काठमाडौं । चैत २९, सेयर बजारको परिसूचक नेप्से दाहोरो अंकमा आएर रोकीएको छ ।

अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १०.७१ अंक घटेर २०२५ अंकमा कायम भएको छ । बजारको यहीं अ‌ंकले वि.सं. २०८० साललाई बिदाइ गरेको छ । बिहीबार सार्वजनिक बिदा परेपछि अब २ वैशाख २०८१ मा कारोबार खुल्नेछ ।

कुल ३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल ६३ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ६ को स्थिर रह्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्