सेयर बजार नेप्सेमा दोहोरो अंकको बृद्धि
सहयात्रा टिभी
काठमाडौं । वैशाख १८, मंगलबार सेयर बजार ले २ हजार अंक नाघेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ ।
त्यस्तै कारोबार रकम पनि उच्च दरले बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो ।
कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । धेरै मूल्य बढ्ने कम्पनीमा पनि विकास बैंकहरु अगाडि देखिए । कर्पोरेट डेभलपमेन्ट बैंक र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, कामना सेवा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।